समाचार
शाखाहरू
आठराई गाउँपालिकाका शाखाहरू
प्रशासन शाखा: गाउँपालिकाको दैनिक प्रशासनिक कार्य र कर्मचारी व्यवस्थापनको जिम्मेवारी।
स्वास्थ्य शाखा: सार्वजनिक स्वास्थ्य सेवाको पहुँच विस्तार, खोप कार्यक्रम र स्वास्थ्य संस्थाहरूको व्यवस्थापन।
लेखा शाखा: बजेट तर्जुमा, खर्च व्यवस्थापन र आर्थिक प्रशासन सम्बन्धी कार्य।
कृषि विकास शाखा: स्थानीय किसानहरूलाई प्राविधिक सहयोग, बीउ-बिजन र अनुदान सम्बन्धी कार्य।
पशु सेवा शाखा: पशुपालन, स्वास्थ्य र नस्ल सुधार सम्बन्धी सेवा प्रदान गर्ने।
सामाजिक सुरक्षा तथा पञ्जिकरण सेवा इकाई: सामाजिक सुरक्षा तथा पञ्जिकरण सम्बन्धी काम गर्न।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा: लक्षित वर्गको उत्थान र सामाजिक सुरक्षा सम्बन्धी कार्य।
शिक्षा, युवा तथा खेलकुद शाखा: शैक्षिक व्यवस्थापनका साथै युवा परिचालन र खेलकुद विकास सम्बन्धी कार्य।
रोजगार सेवा केन्द्र: राष्ट्रिय रोजगार प्रबर्द्धन कार्यक्रम सञ्चालन र स्थानीय स्तरमा रोजगारीका अवसरहरूको व्यवस्थापन।
योजना तथा अनुगमन शाखा: विकास योजनाहरूको तर्जुमा र कार्यान्वयनको प्रभावकारी अनुगमन।
भौतिक पूर्वाधार तथा भवन नियमन शाखा: सडक, भवन निर्माण र पूर्वाधारको प्राविधिक पक्ष एवं भवन संहिता पालनाको व्यवस्थापन।
आन्तरीक लेखा परीक्षण शाखा: गाउँपालिकाको खर्चको नियमितता र पारदर्शिताका लागि आन्तरिक परीक्षण।
सूचना प्रविधि तथा तथ्याङ्क शाखा: डिजिटल सेवा प्रवाह, वेबसाइट व्यवस्थापन र तथ्याङ्क संकलन।
वडा कार्यालय: वडा तहका प्रशासनिक सेवा, सिफारिस र स्थानीय विकास योजनाहरूको कार्यान्वयन।
