FAQs Complain Problems

समाचार

सक्रान्ति बजार बाट देखिने उत्तरी भाग|

Read More

गाउँपालिका भवन

Read More

आ.ब.०७४/०७५ मा निर्माण भएको सडक

Read More

आठराई गाउँपलिकाको को सक्षिप्त परिचय

नेपालका ७ वटा प्रदेश अन्तर्गत पर्ने १ नम्वर प्रदेशको पहाडी जिल्लामध्ये तेह्रथुम पनि एक हो । यस जिल्ला अन्तर्गत आठराई क्षेत्रको छुट्टै महत्व रहेको छ । भौगोलिक विषमता, शिक्षा क्षेत्रको अग्रता, प्राकृतिक सुन्दरता, सबै जातजातिहरूको वासस्थान, पर्यटकीय सम्भावनाको अवस्था यस क्षेत्रलाई चिनाउने माध्यम हुन् । यसका साथै विश्वमै प्रसिद्ध मानिने अलैची यस क्षेत्रको आर्कषकको केन्द्रविन्दु रहेको छ ।  नेपालमै प्रसिद्धि पाएको ढाका टोपी, आठराईका खुकुरी, खाँडी कपडा, राडीपाखी लिम्वूहरूको धान नाच, तामाङहरूको तामाङ् सेलो, बालुन नाच, व्राह्मणले वजाउने नौमती बाजा  यस क्षेत्रलाई चिनाउने प्रमुख विषेशताहरू  हुन् ।  
    झन्डै अस्ट्रेलियाको पूर्वी आकार परेको आठराईको बीचमा फुकेको र उत्तर, दक्षिण साँघुरिएको अवस्थामा रहेको छ । पूर्वमा तमोर नदी, पश्चिममा कोयाखोला ,उत्तरमा ताप्लेजुङ, दक्षिणमा तमोर नदीले घेरिएको उत्तरदेखि दक्षिणतिर भिरालो परेको सुन्दर लिम्बूवान बस्ती भएको यो क्षेत्रको  नामकरणका सम्बन्धमा भने विभिन्न किंंवदन्तीहरू पाइन्छन्् ।
    यस क्षेत्रको नाम आठराई रहनुमा एउटा ऐतिहासिक प्रसङ्ग जोडिएको छ । आठ जना रायहरूले धरानको फुस्रेबाट भारी बोकेर आउँदा बास बस्ने ठाँउ संक्रान्तिडाँडामा रहेछ र बास बसेको ठाँउमा राति गफ गर्दै जाँदा यस क्षेत्रमा लिम्बुहरूको राज्य गर्ने मानिस नभएको हुनाले अव हामीले यस ठाउको राज्य गर्नुपर्छ भनी राज्य गर्ने निधो गरेर राज गर्न थाले र आठ रायहरूले राज्य गरेको क्षेत्रलाई हाल अपभ्रंश हुदै आठराई नाम रहन गएको हो भन्ने किंम्वदन्ती पाइन्छ । यसरी यस क्षेत्रको नामाङ्कन लिम्वूहरूबाटनै भएको हो भन्ने आधारको रूपमा यस क्षेत्रका अधिकाँश टोलहरूका नाम पनि लिम्वू भाषाबाट नै नामाङ्कन भएबाट स्पस्ट हुन्छ जस्तै फुङसेङ, नासिवुङ, खाम्लालुङ, फाक्चुवा, लिसेवुङ, साम्थाङ, लिङदेन, पाक्तेन, थोक्लुङ्ग,फुङनाम आदि उल्लेख्य रहेका छन् । त्यस्तै आठराईमा लिम्वूहरूको बसोबास बढी भएको क्षेत्र हुनाले यस क्षेत्रमा अधिकांश ठाउँका नाम लिम्बू भाषामा नै राखिएजस्तै लिम्बू वंशावलीमा पनि तेह्रथुम जिल्लाको नामकरणको सम्बन्धमा किंवदन्ती पाइन्छ । “वंशावलीअनुसार मोरङ राज्यको साङलाइङ  राजाका भाइ सिदिइङ फेदाप पहाडमा बसेको अनुमान गरिएको छ । उनले दरबारका हिन्दू पुरोहितको भनाइमा लागेर आफ्नो नामसमेत “अमर राय” राखे । त्यसैको अनुशरण उनका सन्तानहरूले गरेका थिए । त्यसबेला फेदापमा छ रायहरू भए र यसका साथै उत्तरी फेदापमा सात रायहरू भए । नेपालको पूर्वाञ्चलको धनकुटा गौडामा त्यसबेला सत्र थुमको तिरो बुझाउने कार्य हुन्थ्यो जसलाइ दस लिम्बूवान र सत्र थुम भनेर अहिले पनि भनिन्छ । पछि फेदाप र उत्तरी फेदापका छ राय र सात रायलाई मिलाई छुट्टयाएर तेह्रथुम बनाइयो । यी माथिका किंवदन्तीबाट के स्पष्ट हुन्छ भने तेह्रथुम जिल्लाको नामकरण तिरो उठाउने सम्बन्धबाट भएको बुझिन्छ । “वि.सं.१९५२ सालमा सर्बे नापी हुँदा १३ वटा थुमहरू मिलाएर हालको सदरमुकाम रहेको म्याङ्लुङमा मालपोत उठाउन माल अड्डा स्थापना गरेपछि यसको नामकरण तेह्रथुम रहेको हो । वि.सं. २०२२ सालमा ७५ जिल्लामा माल अड्डा खडा भएपछि यस जिल्लाका १३ वटा थुम मध्ये पाँचथर जिल्लामा पाँचथर थुम नुभो उत्तर र नुभो दक्षिण,ताप्लेजुङ जिल्लामा तमोरखोला, मैवाखोला, मेवाखोला र याङ्रूप थुमहरू र सङ्खुवासभा जिल्लामा पाँचखपन, चैनपुर, सभाउत्तर, सङ्खुवाउत्तर र दसमझिया थुमहरू गाभिएको हुनाले अनि बाँकी रहेका फेदाप, आठराई र छथर गरी  यस जिल्लामा हाल तिनवटा थुमहरू मात्र कायम रहेका छन्् ।” वि.सं २०१९ साल अघि यस जिल्लाको प्रशासन धनकुटाबाट चलाउने गरिएको थियो । वि.सं २०१९ सालमा म्याङ्लुङमा जिल्लाको प्रशासन स्थापना भएपछि तेह्रथुम जिल्ला कायम भई आफ्नै अस्तित्वमा रहन गएको हो । हाल यस गाउँपालिकामा ईलाका